logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

निर्वाचन प्रहरीका लागि आवेदन दिनेहरुको भिड


  • राजनीति
  • शुक्रबार, पुष २५ २०८२

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।

प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले सबै निकायलाई परिचालन गरिरहेको छ । त्यसै अनुरुप निर्वाचन आयोगले मतपत्र छाप्ने लगायतका अन्य कार्यहरुलाई तीव्र रुपमा अगाडी बढाएको छ ।

निर्वाचनमा सुरक्षाको लागि हिजो प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै एक सूचना जारी गरेको थियो । सूचना प्रकाशन भएसँगै निर्वाचन प्रहरीका लागि आवेदन दिनेहरुको भिड लागेको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीका लागि दरखास्त फारम बुझाउन सकिने व्यवस्था गरिएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरुले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार