logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गोरखा– १ बाट चुनाव लड्ने जेनजी अगुवा सुदन गुरुङको घोषणा


  • राजनीति
  • शुक्रबार, पुष २५ २०८२

काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले गोरखा– १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने घोषणा गरेका छन् ।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।”

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार