logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ओलीले भने : लोकतान्त्रिक शक्तिबीच सहकार्यको खाँचो छ


  • राजनीति
  • शनिबार, पुष २६ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूबीच संवाद, न्यूनतम समझदारी र सहकार्यको खाँचो रहेको बताएका छन् ।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकमा शनिबार यहाँ सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । “संविधान मिचिएको अवस्थामा छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, धम्कीबाट अझै त्रस्त छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वाह्य चलखेलको जोखिम बढेको छ,” उनले भने ।

राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएको बताउँदै उनले भने, “मुलुकमा केही भएन भनेर जबरजस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ । युवाहरूमा निराशा र अन्यौल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ । यसलाई राम्ररी सम्बोधन गर्नु पर्ने छ । यसका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी छ ।”

प्रतिनिधिसभाको विघटन असंवैधानिक रूपमा गरिएका कारण यसको पुनर्स्थापना हुनु कानुनी हिसाबले आवश्यक, उचित र अपरिहार्य रहेको अध्यक्ष ओलीको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार