राजनीति
काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले मंगलबार मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने लगायतका निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।