राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने प्रयास भएपछि एक वर्ष अघि नै महाधिवेशन गरेर जोगाएको बताएका छन् ।
४२ औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले कांग्रेसमा शेरबहादुर देउवाजस्तै आफूलाई पनि हटाउने प्रयास भएपछि महाधिवेशनले फैसला गरेको बताए ।
उनले भने, “कांग्रेसमा अहिले जे भइरहेको छ हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेको थिए, एक वर्षअघि नै महाधिवेशन गरेर हल्लाहरूको तुवाँलो चिरेर, शेरबहादुरलाई अहिले बलज्फ्ती निष्कासन भनेका छन् नि त्यस्तै हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए, कारबाही हुनुपर्छ, जिम्मेवार हुनुपर्छ यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थिए।”