logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता


  • राजनीति
  • बिहिबार, माघ २ २०८२

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको राष्ट्रिय उज्यालो पार्टी नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच पार्टी एकता भएको छ।

पार्टीको केन्द्रीय कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमका बीच दुई पार्टीबीच एकता भएको हो। एकतामा उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले हस्ताक्षर गरेका छन्।

आन्दोलनको क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले जेनजी आन्दोलन भावनालाई समेट्ने भन्दै पार्टी गठन गरेका थिए। पार्टी एकता भएसँगै पोर्तेललाई उज्याल नेपाल पार्टीको उपाध्यक्षको पद दिइएको छ ।

पोर्तेल नेतृत्वको पार्टीका ७ जनालाई केन्द्रीय सदस्य र दुईजनालाई सचिवालय सदस्य दिने गरी सहमति भएको छ।

उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। तर बीचमा भागबण्डा नमिलेपछि एकता भङ्ग भएसँगै उज्यालो नेपाल पार्टी पुर्ववत अवस्थामा फर्किएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार