राजनीति
काठमाडौं । नेपाली कांग्रेस आधिकारिक रुपमा विभाजन भएसँगै अब वैधानिकताको प्रश्न उठेको छ।
संस्थापन पक्ष र विशेष महाधिवेशनको आयोजना गरी गगन थापाको नेतृत्वम नयाँ कार्यसमिति चयन गरेको समूहबीच आधिकारिक को भन्ने विषयमा विवाद चुलिएको छ। दुवै पक्षले तारन्तार रुपमा आफू आधिकारिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगमा प्रमाणस्वरुपा कागजात बुझाइरहका छन् ।
सोही बमोजिम आज निर्वाचन आयोगको कार्यालयको गेटमा संस्थापन पक्ष देउवा समूहका कार्यकर्ता र गगन समूहका कार्यकर्ताहरूबीच नाराबाजी चलिरहेको छ।
आयोगको गेटमा दुवै पक्षले आफूहरू आधिकारिक कांग्रेस भएको र आफूलाई आधिकारिकताको मान्यता दिनुपर्ने भन्दै एक–अर्का र निर्वाचन आयोग विरुद्ध समेत नाराबाजी गरिरहेका छन् ।
विभाजनसँगै यो आधिकारिकताको विवादले कांग्रेस आन्तरिक दन्दमा थप फसेको छ । यसले आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा निर्वाचन कार्यतालिकामा समेत असर पर्ने सम्भावना देखिएको छ ।