logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बालेनको प्रचारले त्रसिए ओली, हरेक दिन एमालेको पक्षमा १० स्टाटस लेख्न र १० एसएमएस पठाउन कार्यकर्तालाई दिए निर्देशन


  • राजनीति
  • शुक्रबार, माघ ३ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरूलाई पार्टीको पक्षमा दिनमा १० वटा स्टाटस लेख्न र एसएमएस पठाउन निर्देशन दिएका छन्।

आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो समय सामाजिक सञ्जालमा एमालेविरुद्ध दुष्प्रचार गर्ने कार्य भैरहेको भन्दै कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, “हरेकको हातमा मोबाइल छ । हामी सबै आफै सामाजिक सञ्जालका योद्धाहरु हौं । हामी हरेकले यो लडाई लड्नुपर्छ । कम्पतीमा दिनमा १० वटा एसएमएस गर्नुस् । दिनमा १० वटा फेसबुक स्टाटस लेख्नुस् । हामीले गरेका काम लेख्नुस दिनमा १० वटा ।”

पछिल्लो समय सामाजिक सञ्जालमा नो ओली, ओन्नली बालेनको ट्रेन्ड नै चलाइएको छ भने ओलीको स्टाटसमा समेत यस्तो अभियान नै चलाईएको छ । यो अभियान पछि ओलीले एमालेको पक्षमा लेख्न कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार