logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, आयोगले गरायो सरकारलाई जानकारी


  • राजनीति
  • आइतबार, माघ ५ २०८२

काठमाडौं । निर्वाचन आयोगले आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री कार्कीसहित सरकारी टोलीलाई निर्वाचन आचारसंहिता लागु हुने विषयमा जानकारी गराएको हो।

कार्यक्रममा आयोगका तर्फबाट आचारसंहिताबारे विशेष प्रस्तुतिकरण पनि गरिएको थियो। आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीपरिषद्का सदस्यहरु नेपाल सरकारका मुख्य सचिव तथा गृहमन्त्रालयका अधिकारी लगायतको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार