logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

भोट माग्न झुटको सहारा लिनु पर्दैन : ओली


  • राजनीति
  • बुधबार, माघ ८ २०८२

दमक । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट माग्न झुटको सहारा लिनुनपर्ने बताएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका ओलीले आज घरदैलो कार्यक्रममा यस्तो बताएका हुन् । आफूहरूले गरेका विकासका काम, सुरु भएर अधुरो रहेका निर्माणका काम, विभिन्न पूर्वाधारका विषयमा जनतालाई बुझाउन उनले आग्रह गरे ।

उनले भने, “मलाई लाग्छ यहाँका जनताहरू आफ्नो अभिमत विकास र निर्माणको पक्षमा जाहेर गर्नुहुनेछ । विकासका कुरा निर्माणका कुरा र विचारका कुरा गर्दा अहिले सामाजिक र भौतिक रुपमा नै आक्रमण हुने त्रासका कारण बोल्न डराउनुपर्ने अवस्था आएको छ। विचारविहीनहरूले विचार भएकाहरूमाथि आक्रमण गर्ने त्रास देखिएको छ, यसलाई निस्तेज पार्नुपर्छ।

प्रजातान्त्रिक अभ्यास सबैले गर्न पाउने र उम्मेदवार हुन पाउने अधिकार संविधानले दिएकाले स्वच्छ प्रतिस्पर्धा गर्न सबैलाई अध्यक्ष ओलीले आग्रह गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार