राजनीति
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ । बस्नेतले मित्तेरी पार्टीबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी थिइन् ।
सुमित्राविरुद्ध कर्जा सूचना केन्द्रमा कालो सूचीमा रहेको उजुरी परेको थियो । उजुरीउपर छानबिन गर्दा प्रमाणीत भएपछि उनको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस अघि कैलाली– १ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पनि उम्मेदवारी खारेज भएको छ ।