logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

महिला टी– २० विश्वकप छनोट : जिम्बाब्वेमाथि नेपालको शानदार जित


  • राजनीति
  • शनिबार, माघ ११ २०८२

काठमाडौ । आईसीसी टी– २० महिला विश्वकप ग्लोबल छनोटमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतीमा पूरा गर्यो । नेपालको जितमा उपकप्तान पूजा महत्तोले शानदार अर्धशतक प्रहार गरिन् ।

३० बलको सामना गरेकी पूजा ५२ रनमा नटआउट रहिन् । कप्तान इन्दु बर्माले २२, बिन्दु रावलले १५ र सीता रानामगरले ११ रन जोडिन् । बलिङतर्फ जिम्बाब्वेजीको जोसेफिन न्कोमिलो सर्वाधिक २ विकेट लिइन् ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल तयार गरेको थियो । जिम्बाब्वेकी केलिस धलोभुले सर्वाधिक ५२ रनको योगदान दिइन् । बलिङतर्फ नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिएकी थिइन् ।

सुरुवाती २ खेलमा पराजित भएको नेपालले यो पहिलो जित निकालेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार