राजनीति
विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
दलित समूहतर्फ नेकपा एमाले झापाका सोमनाथ पोर्तेलले ७ हजार ४२३ मतभार प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी खेमराज सुनदासले २ हजार ३७ मतभार प्राप्त गरे ।
त्यस्तै महिलातर्फ गठबन्धबाट उम्मेदवारी दिएकी एमाले नेत्री रोशनी मेचेले ७ हजार १३७ मतभार प्राप्त गरी विजय हासिल गरिन् भने उनकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपानेले २ हजार २६८ मतभार प्राप्त गरिन् ।
त्यस्तै अन्य समूहतर्फ गठबन्धकै तर्फबाट नेपाली कांग्रेसका सुनिल थापा यस अघि नै निर्विरोध निर्वाचित भैसकेका थिए । राष्ट्रिय सभा निर्वाचनमा दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गठबन्धन भएको थियो ।