logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

घण्टी बजाएर मात्रै केही हुनेवाला छैन् : प्रचण्ड


  • राजनीति
  • मंगलबार, माघ १४ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडियामा स्टन्टबाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टी एकता पक्षधर, चुरे भावर पार्टी लगायतका पार्टीहरुसँगको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले विचार र सिद्धान्तको खडेरी रहेको बेला घण्टी बाजाएर मात्रै केही नहुने बताए ।

उनले भने, “घण्टी बनाएर मात्रै हुनेवाला केही पनि छैन् । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियोमा स्टन्ट गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भइरहेको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ । राष्ट्रलाई माया गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकांक्षालाई सम्मबोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन् ।”

सबै वामपन्थी शक्तिहरु एकताबद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने भन्दै संयोजक प्रचण्डले मोहन वैद्य किरणलाई पनि नेकपामै सामेल हुन आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार