logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फागुन २१ पछि देशको नेतृत्व कांग्रेसले सम्हाल्ने गगन थापाको दाबी


  • राजनीति
  • मंगलबार, माघ १४ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आवश्यक रहेको बताएका छन् ।

मंगलबार सर्लाहीको बलरा नगरपालिका– ९ छतौनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश चलाउने तागत कांग्रेससँग मात्रै रहेको दाबी गरे । “हामी उत्तेजनाले चल्दैनौं, शान्तिपूर्ण किसिमले अघि बढेर देश सम्हाल्न खोज्दैछौं । फागुन २१ पछि जनताको माघ अनुसार कांग्रेसले देशको नेतृत्व सम्हाल्नेछ,” उनले भने ।

वर्तमान अवस्थामा बदलीर अघि बढीरहेको नेपाली कांग्रेस नै देशको नयाँ पार्टी रहेको जिकीर गर्दै सभापति थापाले चुनावमा आम नागरिकमा भ्रम छर्न नयाँ नारा दिएर नयाँ पार्टी खोल्ने परिपाटी रहेको आरोप लगाए ।

पछिल्लो समय टिकट लिनकै लागि रातारात पार्टी परित्याग गर्ने परिपाटी ठीक नभएको थापाको भनाई रहेको छ । भ्रष्टाचारको न्यूनीकरण र सुशासन कायम गर्ने कांग्रेसको मुख्य उद्देश्य रहेको उनले बताए ।

तीन पटक लगातार निर्वाचन जितेको काठमाडौं– ४ छोडेर सर्लाही– ४ मा आएको विषयमा सभापति थापाले बागमतीको एउटा किनारबाट अर्काे किनारमा आइपुगेको बताए । फागुन २१ को निर्वाचनपछि कांग्रेसले सबैलाई समेटेर अघि बढ्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार