logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

युवराज सफल पक्राउ


  • राजनीति
  • मंगलबार, माघ १४ २०८२

काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि महान्यायाधीवक्ताको कार्यालय र महान्यायाधीवक्ताको बारेमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत् नकारात्मक, अपशब्द र गाली गलौज गरेको आरोप आरोप लगाइएको छ ।

कारबाहीका लागि महान्यायाधीवक्ताको कार्यालयमार्फत् प्रमाणसति पत्राचार भए बमोजिम अनुसन्धान गर्दा पौडेलले तथ्यहिन कुरा गरेको देखिएको प्रहरीको भनाई रहेको छ ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर उनीमाथि थप अनुसन्धान भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार