राजनीति
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बिष्ट सहित पाँचजना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सो मुद्दामा सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारी सो विद्यालयका प्रधानाध्यापक धनबहादुर बिष्ट र लेखापाल हर्क बहादुर बिष्ट विरुद्ध २६ लाख ५४ हजार ६८३ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
आयोगका अनुसार उनीहरू विरुद्ध बझाङको बित्थडचिर गाउँपालिका– ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा वास्तविक भएको कार्यभन्दा गलत बिल राखी बढी मूल्याङ्कन गरी गराईबढी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोप लागेको छ।
आयोगका अनुसार बिष्ट विरुद्ध २० लाख एक हजार ७९९ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ बित्थडचिर गाउँपालिकाका तत्कालीन सब इन्जिनियर भण्डारी विरुद्ध २० लाख एक हजार ७९९ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरू विरुद्ध सजाय हुन माग दाबीसहित बुधबार जिल्ला अदालत काठमाडौँमा आरोप पत्र दायर भएको आयोगले जनाएको छ।