राजनीति
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशका सदस्य एवम् सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा शेर्पासहित ठूलो संख्यामा एमाले कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शेर्पासहित एमाले नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरे । शेर्पा लामो समयदेखि एमालेमा असन्तुष्ट रहँदै आएका थिए ।
