राजनीति
आश तमु पोखरा – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महेन्द्रनगरमा प्रदर्शन गरेको छ।

नेकपा र अखिल क्रान्तिकारीको आयोजनामा आईतवार पोखरामा जन प्रदर्शन गरिएको हो।
घटनाको चार महिना बितिसक्दा पनि दोषीलाई कानूनी दायरामा नल्याइएको भन्दै सरकारलाई दबाब दिनका लागि जन प्रदर्शन गरिएको अखिल क्रान्तिकारी कास्की ले जनाएको छ।
पोखरा सिर्जना चोकदेखि सुरु भएको जनप्रदर्शनसभाग्रिह चोक हुँदै बजार परिक्रम गरेर लखन चोकमा पुगी जनसभामा परिणत भएको थियो।
जनसभालाई नेकपाका कास्की सेक्रेटरी अाक्रोस ,शान्तिकालागी नारी समाज सञ्जालका बिष्णु वएाल र अखिल क्रान्तिकारी कास्की उपाध्यक्ष आस्था नेपाली लगायतले सम्बोधन गरेका थिए।
केही दिनअघि राजधानीमा भएको जनप्रदर्शनमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्डले’ सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन नसेके आफूले पत्ता लगाएर कारबाही गर्ने चेतावनी दिएका थिए। त्यसको केही दिनपछि नै नेकपाले निर्मलाका निम्ति न्याय माग्दै प्रदर्शन गर्नुलाई चासोका रुपमा हेरिएको छ।
केही दिनअघि राजधानीमा भएको जनप्रदर्शनमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्डले’ सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन नसेके आफूले पत्ता लगाएर कारबाही गर्ने चेतावनी दिएका थिए। त्यसको केही दिनपछि नै नेकपाले निर्मलाका निम्ति न्याय माग्दै प्रदर्शन गर्नुलाई चासोका रुपमा हेरिएको छ।
प्रदर्शनका क्रममा सहभागीहरुले घटनाको सत्य, तथ्य सार्वजनिक नगरेको भन्दै सरकारविरुद्ध चर्को नारावाजी समेत गरेका छन्। उनीहरुले ‘गृहमन्त्री राजीनामा दे, निर्मलाका हत्यारा सार्वजनिक गर’ भन्दै नाराबाजी गरेका थिए।
प्रदर्शनकारीले ‘निर्मालालाई न्याय दे’, ‘वैज्ञानिक समाजवाद स्थापना गरौं’, ‘संसदीय व्यवस्था मुर्दावाद’ जस्ता नारा लेखिएको पम्पलेट बोकेका थिए।
प्रदर्शनमा महेन्द्रनगरका विद्यार्थी, शिक्षक, अधिकारकर्मी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको सहभागिता थियो।
गत साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका –२, की १३ वर्षीय निर्मला पन्तको अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुवारीमा शव भेटिएको थियो । घटना घटेको चार महिना पुरा भएको छ , तर अहिले सम्म हत्याराको पहिचान हुन सकेको छैन ।
प्रदशनकै क्रममा दाङमा भने प्रहरीले ७ जना नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेकोछ ।दाङको लमहीमा शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनमा हस्तक्षेप गरेर नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्य किरण डाँगी,एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरी लगायत सात जनालाई गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुण सिंहको नेतृत्वको टोलीले पक्राउ गरेको बुझिएको छ। काठमाडाैँसहित देशभर नेकपाले बिराेध प्रदर्शन गरेकाे छ