logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मधेशको माहोल हेर्दा कांग्रेसले चुनाव जित्छ : सभापति थापा


  • राजनीति
  • मंगलबार, माघ २८ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेशमा कांग्रेसले चुनाव जित्ने माहोलले बताइसकेको दाबी गरेका छन् ।

मंगलबार सिराहाको धनगढीमाई नगरपालिकाको बुद्धनगरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले मधेशमा कांग्रेसले चुनाव जित्ने माहोलले बताइसकेको दाबी गरेका हुन् ।

उनले भने, “तपाईंहरुलाई मलाई विश्वास गरेर बोलाउनु भयो । यहाँको माहोल हेर्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु । जिताएर पठाउन हुन अनुरोध गर्दछु । यसले गर्दा चुनाव चाँडै आयो । त्यसमा कांग्रेसले चुनावको स्वागत गरेको छ । नयाँ नेतृत्व छान्न तयार छ । भोट तपाईंहरुकै हातमा छ । जिताउनु हुन्छ भन्ने आशा लिएको छु ।”

मधेश झरेका सभापति थापाले आज सिराहा र सप्तरीका विभिन्न स्थानका चुनावी सभालाई सम्बोधन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार