राजनीति
काठमाडौं । लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मस्र्याङ्दी गाउँपालिकाबाट– ९ मिर्चेस्थित सडकमा भुजुङबाट कलढुङ्गातर्फ जाँदै गरेको ग १ ज ५०६५ नम्बरको जिप अनियन्त्रित भई बुधवार दुर्घटना हुँदा ७४ वर्षीया मलकुमारी गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।
जीपमा सवार १० जनामध्ये अन्य सात जना घाइते भएका छन् । घाइतेहरुको प्रदेश अस्पताल लमजुङमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भैरहेको छ ।