राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा– ५ मा मतदाताको माया र विश्वास धेरै पाएको बताएका छन् ।
चुनावी प्रचार–प्रसारको लागि झापा पुगेका ओलीले आज काठमाडौं फर्किने समयमा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
एक सातासम्म आफ्नो क्षेत्रका मतदातासँग बिताएका ओलीलाई स्थानीय समस्या, विकास योजना माग र कतिपय अधुरो योजनाका बारेमा समेत जानकारी गराइएको थियो । मतदाताले ओलीले आफ्ना क्षेत्रका मतदातालाई बेलाबेला भेट गर्ने कार्यक्रम समेत राखिदिन सुझाव दिएका थिए ।
झापामा ओलीले आफ्नो क्षेत्रका मतदातालाई पर्याप्त समय दिई छलफल गरेका थिए ।