राजनीति
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत सहसचिव डा. तारानाथ पौडेल घुस सहित पक्राउ परेका छन् ।
लोक सेवा आयोगको लिखित परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीलाई अन्तर्वार्तामा पास गराइदिन्छु भन्दै १ लाख घुस लिएको अवस्थामा सहसचिव डा. पौडेल पक्राउ परेका हुन् ।
अख्तियार दुरपयोग अनुसन्धान आयोगका प्रवक्ता एवम् सहसचिव रामेश्वर दंगालले सहसचिव पौडेल पक्राउ परेको पृष्टि गरे ।
प्रवक्ता दंगालका अनुसार लोकसेवाको अन्तर्वार्ता पास गराइदिन्छु भन्दै घुस मागेको सूचनाका आधारमा अख्तियारले पौडेलमाथि निगारनी बढाइरहेको थियो ।
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा आइतवार अपराह्न पौडेल पक्राउ परेका हुन् ।
पौडेलमाथि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।