राजनीति
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिक क्षेत्रको लोडसेडिङ अत्य गरेरै छाड्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै घिसिङले देशबाट लोडसेडिङ आफूले हटाएको बताए । अब राजनीतिक क्षेत्रको लोडसेडिङ हटाउन आफू आएको भन्दै उनले राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य नभएसम्म देशको परिस्थितिमा सुधार नआउने उनले दाबी गरे ।
आफ्नो इच्छाले सुशीला कार्की नेतृत्वमा सरकारमा नगएको बताए । प्रधानमन्त्री र जेनजी प्रतिनिधिको आग्रहलाई स्वीकार गरेर सरकारमा गएको घिसिङको भनाई रहेको छ ।
उनले भने, “संकटको बेला जिम्मेवारी लिएर मैले तीन महिला डेलीभरी दिए । चुनावको वातावरण बनाएर बाहिर आएका छौं । मैले चुनाव गर्न बनेको सरकारमा आउँदिन पनि भनेको थिए । तर, प्रधानमन्त्रीले चुनावको बेलामा जानुस भन्नु भएको थियो । अहिले धेरैले भगौडा मन्त्री भनेर लेख्छन् । छोटो समयमा देशलाई डेलीभरी दिएर बाहिर आएको हुँ ।”