logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

जनताले हल्लाखोरहरुको हिसाब गरेका बसेका छन् : प्रचण्ड


  • राजनीति
  • शनिबार, फाल्गुन २ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वको चुनवाङमा शनिबार आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले बंगलादेशमा हालै सम्पन्न निर्वाचनको परिणामबारे टिप्पणी गर्दै यस्तो बताएका हुन् ।

“सिंहदरबार, संसद् भवन जले, सर्वाेच्च अदालत जल्यो, निजी सम्पत्ति जले, अब आगो लगाउने र विध्वंस मच्चाउनेहरु हार्नेछन् । गणतन्त्र र परिवर्तन ल्याउनेहरु जित्नेछन्,” उनले भने ।

“बंगलादेशको चुनावबाट सिक्नुपर्ने उनको भनाई रहेको छ । बंगलादेशमा पनि आगो लगाइयो । आगो लगाउनेहरु नै जित्छन् भनिन्थ्यो, तर उनीहरुले हारे । नजलाउने र स्थिरता चाहनेहरुले जिते । सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरु तेस्रो भए । यहाँ पनि हल्लाखोरहरुको हिसाब जनताले गरेर बसेका छन् ।”

आगाजनी, कुशासन, दमन र हिंसा मच्चाउनेहरुलाई रुकुम–रोल्पाली जनताहरुले राम्ररी बुझेको

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार