राजनीति
Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015
Photo; Keshab Thoker/Nagarik/republica
काठमाडौं– एसिया प्यासिफिक सम्मेलनबाट प्रधानमन्त्री केपी शर्मा ओली सम्मानित हुनुभएको छ । प्रधानमन्त्री ओली लिडरसिसिप एन्ड गभेर्नेन्स अवार्डबाट सम्मानित हुनुभएको हो । आयोजक युनिभर्सल पिस फेडरेसनले उहाँलाई आइतवार एसिया प्यासिफिक सम्मेलनको समापन कार्यक्रममा सम्मान गरेको हो ।
फेडरेसन प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशीको अवार्डका साथै सम्मान पत्र प्रयादन गरिन् ।
गत शुक्रवारदेखि काठमाडौंमा शुरु भएको एसिया प्यासिफिक सम्मेलनको आइतवार समापन गरिएको छ । सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।