राजनीति
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा एक बेबारिसे अवस्थामा फेला परेको पेस्तोल चलाउँदा एक बालक घाइते भएका छन् ।
घाइते हुनेमा मलंगवा नगरपालिका– ४ बस्ने १५ वर्षीय आकाश राम रहेका छन् । मलंगवा– ४ स्थित ढाका बोर्डर क्षेत्रमा निर्माणधिन हनुमान मन्दिरभित्र कुनामा रातो कपडाले बेरिएको अवस्थामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त पेस्तो नक्कली ठानेर पड्किँदा आकाशको दाहिने हातको पञ्जामा गोली लागेको छ । घाइते बालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भैरहेको छ भने उनको अवस्था खतरामुक्त रहेको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।