राजनीति
काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारीहरुमाथि कारबाही गर्न खोज्दा आफूलाई दक्षित गरी दुःख दिइएको दाबी गरेका छन् ।
शनिबार चितवनमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूले इमान्दारीपूर्वक काम गर्न खोजे पनि अवरोध खडा गरिएको बताए । चितवनवासीले सधैं आफूलाई आर्शिवाद र न्यायका लागि आवाज दिएको भन्दै लामिछानेले जनताको साथ नै आफ्नो शक्ति भएको बताए ।
दुख आफैंले भोगे पनि साथ दिनेहरूको आँखामा आँसु देखिएको उल्लेख गर्दै उनले परिवर्तनका लागि पीडा सहनु परेको बताए। आफू भ्रष्टाचारविरुद्धको न्यायबाट पछि नहट्ने स्पष्ट पार्दै उनले जनतालाई न्यायको पक्षमा उभिन आग्रह गरेका छन् ।
फरक प्रसंगमा बोल्दै लामिछानेले अरु पार्टीले पैसा दिए लिनुस र मासु भात दिए मासु भात खाएर भोट चाही घण्टीमा हाल्न मतदातालाई अनुरोध गरे ।