logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

रास्वपा जिल्ला सभापति महेन्द्रसिंह ठकुरी कांग्रेसमा प्रवेश


  • राजनीति
  • बिहिबार, फाल्गुन १४ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपरासी पश्चिमका संस्थापक जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बर्दाघाट १२ स्थित चौपत्तामा बिहिबार आयोजित चुनावी सभामा नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा स्वागत गरेका हुन्।

रास्वपाका तर्फबाट जिल्लाको नेतृत्व गरिरहेका ठकुरी पछिल्लो समय पार्टीभित्रको उम्मेदवारी चयन र टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट बनेका थिए। २०७९ भएको प्रतिनिधिसभा निर्वाचनमा ठकुरीले रास्वपाको तर्फबाट १२ हजार ४९९ मत प्राप्त गरेका थिए।

निर्वाचनको पूर्वसन्ध्यामा प्रभावशाली नेता ठकुरीले पार्टी परित्याग गरेपछि नवलपरासी पश्चिममा रास्वपालाई ठूलो झट्का लागेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार