logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सबै भन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : सभापति थापा


  • राजनीति
  • शुक्रबार, फाल्गुन १५ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भए सबैभन्दा पहिला निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन हुने दाबी गरेका छन् ।

आज पोखरामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले चुनाव पछि कांग्रेसको नेतृत्वमा सरकार बनेमा सबै भन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भइसकेकाको सम्पत्ति छानबिन गर्ने बताए ।

कांग्रेसको पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्ने र २०४६ साल यता प्रधानमन्त्री भएका देउवा र मन्त्री भसेको आफ्नो सम्पत्तिबाटै सबै भन्दा पहिला छानबिन सुरु गरिने उनले बताए ।

उनले भने, “देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छं । त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनु भएको शेरबहादुर देउवाको सम्पती, मन्त्री भएको गगन थापाको सम्पती सबैभन्दा पहिला त्यहाँबाट छानबिन शुरु गर्छ । आफ्नो बा भएपनि छोडदैन । एउटा, एउटा कुराको छानबिन गर्छ । एउटा एउटा काण्डको छानविन गर्छ । र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार