logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले गर्यो कारबाही


  • राजनीति
  • शुक्रबार, फाल्गुन १५ २०८२

काठमाडौं । निर्वाचन आयोगले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले उक्त पार्टीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको आयोगका प्रवक्ता नारायाण प्रसाद भट्टराईले जानकारी दिए ।

“निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (छ) र ऐ. आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लंघन गरेको आरोपमा श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगको ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा यही आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ,” उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार