logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

इरानले यूएईमा गरेको आक्रमणमा एक नेपालीसहित ३ जनाको मृत्यु


  • राजनीति
  • आइतबार, फाल्गुन १७ २०८२

काठमाडौं । इरानले यूएईमा गरेको हवाई आक्रमणमा परी एक जना नेपालीसहित ३ जनाको मृत्यु भएको छ ।

आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक नागरिकको मृत्यु भएको यूएईको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । आक्रमणमा युएईमा विभिन्न देशका ५८ जना समान्य घाइते भएको जनाइएको छ ।

यूएईको रक्षा मन्त्रालयले नेपालसहित तीन देशका तीन जना नागरिकको ज्यान गएको जानकारी दिए पनि उनीहरुको मृत्यु कहाँ ? कसरी भयो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन् ।

यूएइस्थित नेपाली राजदूतावास स्रोतका अनुसार एक नेपालीको मृत्यु भएको जानकारी आएको र मृत्यु भएका व्यक्तिको परिचय बारे थप बुझ्ने प्रयास भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार