logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

इरानी आक्रमणमा परी यूएईमा मारिएका नेपालीको परिचय खुल्यो


  • राजनीति
  • सोमबार, फाल्गुन १८ २०८२

काठमाडौं । इरानी आक्रमणमा परी यूएईमा मारिएका नेपाली युवकको परिचय खुलेको छ ।

यूएईस्थित नेपाली राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मारिने नेपाली नागरिका गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको जानकारी दिएको छ । दूतावसका अनुसार दिवस मिडल इस्ट कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत थिए ।

अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्कृय पार्ने क्रममा दिवसको मृत्यु भएको हो । परिस्थिति सहज भए पश्चात् स्व. श्रेष्ठको पार्थिव शरिर यथाशिघ्र फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न राजदूतावास तयार रहेको जनाइएको छ ।

दूतावासले संवेदनशील अवस्थामा यूएईमा रहेका समपूर्ण नेपालीलाई संयम्ता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार