राजनीति
काठमाडौं । इरानले चौतर्फी रुपमा आक्रमण गरेपछि अमेरिकाले १४ देशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्किन आग्रह गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार धेरै गम्भीर सुरक्षा चुनौती भएका कारण अमेरिकीहरुलाई स्वदेश फर्किन आग्रह गरिएको हो ।
अमेरिकाले बहराइन, इजिप्ट, इराक, इजरायल (वेस्ट बैंक गाजा), जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, यूएई, एमनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको हो । नागरिकलाई स्वदेश फर्किनको लागि कहाँ सम्पर्क गर्ने भनेर नम्बर पनि उपलब्ध गराएको छ ।
अमेरिका र इजरायलले गरेको आक्रमणमा आफ्ना सार्वेच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा अन्धाधुन्ध आक्रमण गरिरहेको छ । हाल पनि तीनै देशहरुले एक–अर्काविरुद्ध आक्रमण गरिरहेको समाचार बाहिरिरहेका छन् ।
