राजनीति
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मौन अवधि सुरु भए यता काठमाडौंको नैकाप र सुकेधारमा दुई वटा गाडी आगजनी गरिएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नैकाप पुल नजिकै बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा बीएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो । घटनास्थलमा दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।
यी स्थानहरुमा आज बिहान ३ बजे आसपासमा आगजनी गरिएको हो । आगजनीको खबर प्राप्त हुनासाथ दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । यस विषयमा हालसम्म कोही पनि सवारी धनी प्रहरीको सम्पर्कमा आएका छैन् ।
प्रसाईं भने निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा यस अघि नै पक्राउ परिसकेका छन् । घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।