logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

मुस्ताङमा रहस्यमय नगद ५ लाखसहित गाडी नियन्त्रण्मा


  • राजनीति
  • मंगलबार, फाल्गुन १९ २०८२

काठमाडौं। लोघेकर दामोदरकुण्ड गाउँपालिका–४, चराङ (मुस्ताङ) मा स्रोत नखुलेको नगदसहित एक गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार ग १ च ६५२४ नम्बरको गाडीबाट ५ लाख १ हजार ७० रुपैयाँ बरामद गरिएको हो। उक्त गाडी र नगद नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जनाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा गाडीबाट नगद बरामद गरिएको दृश्य देखिन्छ। भिडियोमा केही राजनीतिक दलका झण्डासमेत देखिएको छ। मौन अवधिको सन्दर्भ जोडेर मतदातालाई प्रभावित पार्न पैसा लैजान खोजिएको हुन सक्ने अनुमानसमेत गरिएको छ।

तर प्रहरीले भने बरामद रकमको स्रोत खुल्न बाँकी रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको स्पष्ट पारेको छ।

घटनाले मुस्ताङमा राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग पैदा गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार