logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपति भएनन् सहभागी


  • राजनीति
  • बिहिबार, फाल्गुन २१ २०८२

काठमाडौं । देशभर प्रतिनिधि सभा निर्वाचनको लागि मतदान जारी रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव सहभागी भएका छैनन् ।

संविधानको संरक्षकको रुपमा तटस्थता कायम गर्दै उनीहरु मतदानमा सहभागी नभएको बताइएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संविधानको रक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेका हुन् ।

राष्ट्रपति पौडेलले यस अघिको निर्वाचनमा भने तनहुँ जिल्लाको व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

उपराष्ट्रपति यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको उनका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । उपराष्ट्रपति यादवले यस अघिको निर्वाचनमा बाराको बासबारियास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार