राजनीति
काठमाडौं । इलाम– १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् ।
कांग्रेसका राईले १४ हजार ५४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरे ।
तेस्रो भएका नेकपा (एमाले) का काजीमान कागतेले ११ हजार ९६६ मत पाए भने चौथो भएका रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए । पाँचौ भएका नेकपाका रनबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गरे ।
यो सँगै नेपाली कांग्रेसले प्रत्यक्षमा १८ सिटमा जित हात पारेको छ ।