logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रधानमन्त्री आेली विरुद्ध धर्म परिवर्तन गराएको अभियोगमा प्रहरीमा मुद्धा ‘दर्ता’


  • राजनीति
  • मंगलबार, मंसिर १८ २०७५

काठमाडाैं-  प्रधानमन्त्री केपी शर्मा आेलीले धर्म परिवर्तन गराउन कसुर गरेको अभियोगमा जाहेरी लिएर गएका कानुन व्यवसायीलाई प्रहरीले फिर्ता पठाएको छ ।

काठमाडाैं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले प्रधानमन्त्रीले धर्म परिवर्तन गराएको भन्दै जाहेरी दिन पुगेका कानुन व्यवसायी अधिवक्ता भुपेन्द्र पोखरेललाई जाहेरी दर्ता नगरि फिर्ता पठाएका हुन् ।

अधिवक्ता पोखरेलले जाहेरीमा भनेका छन्, ‘ अपराध (संहिता) ऐन २०७४ को दफा १५८ को १, २ विपरित धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भएर मतियार भइ विवादित संस्था यूपीएफको अवार्ड वा उपहार, तकमा दिने कार्य संविधानको धारा २७७ विपरित भएको उनले जाहेरीमा दाबी गरेका छन् ।

अधिवक्ता पोखरेलले भने, संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर प्रष्ठ व्याख्या गरिपनि प्रधानमन्त्री आेली धर्म प्रचारको कार्यक्रममा सहभागी भएको र उनीहरुबाट अवार्डसहित नगद रकम लिएकाले धर्म परिवर्तन सम्बन्धि उद्योग अन्तरगत जाहेरी दिन पुगेको थिए । तर, प्रहरीले जाहेरी नै लिन मानेन् । यसबारे के गर्ने भन्नेबारे थप छलफल गरेर अगाडि बढ्ने सोचमा पुगेर फर्केको छु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार