logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग


  • राजनीति
  • मंगलबार, फाल्गुन २६ २०८२

काठमाडौं । जफादेहीता निगरानी समूहले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

समितिका संयोजक राजुप्रसाद चापागाईंले एक विज्ञप्ति जारी गर्दै आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडिया लगायत आम नागरिकको सुसूचीत हुन पाउने अधिकारको सम्मान गर्न माग गरेका हुन् ।

प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरा सरकारको तजबिजको विषय नभएको दाबी गर्दै संयोजक चापागाईंले प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार भएको र छानबिन प्रतिवेदनलाई यथाशिघ्र सार्वजनिक गर्नु सरकारको दायित्व भएको बताएका छन् ।

जेनजी अन्दोलनपछि गठित छानबीन समितिले घटनाबारे अनुसन्धान गरी प्रतिवेदन तयार गरेर प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइसकेको छ । सरकारले प्रतिवेदन सार्वजनिक नगरेकोमा अघिले चौतर्फी विरोध भैरहेको छ भने प्रतिवेदन सार्वजनिक गर्न माग गर्न थालिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार