logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

रास्वपाले छान्यो ५७ समानुपातिक सांसद


  • राजनीति
  • आइतबार, चैत्र १ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ ।

आज बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुष लाई समानुपातिक सांसदमा सिफारिस गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार खस आर्यबाट १७m आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।

सचिवालयले जिम्मेवारी दिएका कर्मचारी र सचिवालय सदस्यहरुबाट आज नै तोकिएको समयमा निर्वाचन आयोगमा समानुपातिक सांसदहरुको नाम पठाइने उनले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगले पार्टीले सिफारिस गरेका नामावली रुजु गरेर एप्रुभ गरेपछि मात्रै समानुपातिक सांसदको नाम सार्वजनिक हुनेछ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५७ सिट हासिल गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार