logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

इरानको आणविक भट्टीमा भएको आक्रमण पूर्ण रुपमा अस्वीकार : रुस


  • राजनीति
  • बुधबार, चैत्र ४ २०८२

काठमाडौं । रुसले बुधवार इरानको बुशहर आणविक उर्जा संयन्त्रमा मिसाइल हमला भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले साप्ताहिक ब्रिफिङमा भनेकी छन्, “हामी बुशहर आणविक उर्जा संयन्त्रको भित्री घेरामा गरिएको गैरजिम्मेवार, पूर्ण रुपमा अस्वीकार्य क्षेप्यास्त्र आक्रमणको कडा निन्दा गर्दछौं ।”

उनले “रुसले संयुक्त राज्य अमेरिका र इजरायललाई प्लान्टमा अझै पनि काम गरिरहेका रुसी नागरिकहरुको जीवनलाई जोखिम सिर्जना हुने कार्य,” नगर्न चेतावनी दिएको उल्लेख गरिन् ।

मस्कोले बुशहर आणविक उर्जा संयन्त्रको निर्माण गर्न मतद गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार