logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एकबिहानै गगन थापाको राजीनामा


  • राजनीति
  • बिहिबार, चैत्र ५ २०८२

कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् ।

उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा दिएका हुन् । उनी निकट स्रोतले दिएको जानकारीअनुसार थापाले केही दिनअघि उपसभापति शर्मालाई राजीनामा बुझाएका हुन् । थापाले दिएको राजीनामाका सम्बन्धमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट उनको राजीनामा माग भएको थियो । उनी सर्लाही–४ बाट पराजित भएलगत्तै उपसभापति शर्मालाई भेटेर राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।

एक पदाधिकारीले कुराकानीमा भने–सभापतिज्यूले केही दिनअघि नै उपसभापति शर्मालाई भेटेर राजीनामा बुझाउनुभएको हो ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार