logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

अर्थविद् केशव आचार्यको निधन


  • राजनीति
  • सोमबार, चैत्र ९ २०८२

काठमाडौं । अर्थविद् केशव आचार्यको निधन भएको छ ।

अर्यालको उपचारका क्रममा आइतबार अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो । आचार्यको शव अहिले चाबहेलस्थित नर्सिङ होममा राखिएको र मंगलबार दाहसंस्कार गरिने जनाइएको छ ।

मंगलबार स्वास्थमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो ।

पारिवारिक स्रोतका अनुसार आचार्यकी छोरी आँचला अमेरिकाबाट मंगलबार बिहान काठमाडौं आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

नेपाल राष्ट्र बैंकमा करिब ३ दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेका आर्यालयले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिका समेत निभाएका थिए । उनी मौद्रिक तथा वित्त नीतिका विज्ञ मानिन्थे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार