logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

श्रममन्त्री विष्टलाई ट्राफिकले रोकिदिए पछी परे जाममा…….


  • राजनीति
  • बुधबार, मंसिर १९ २०७५

काठमाडौं -सर्वसाधरणहरुले सडकमा मन्त्रीहरु सवार हुँदा बाटो छोडिदिनुपर्छ ।

केही दिनअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम घोषणा गरेर तारिफ पाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई मंगलबार काठमाडौंको थापाथलीस्थित ट्राफिक जाममा देखियो ।

झण्डावाल गाडी लेनमा बसेको देख्दा सर्वसाधरणहरुले अचम्म माने । नत बाटो खाली गर भनेर साइरन नै बझेको थियो । ट्राफिकले जा नभनेसम्म उक्त गाडी जाममै थियो । मन्त्री विष्ट सवार गाडीले बाटो खुलेपछि सर्वसाधरणलाई बाटो काट्न पनि दियो । त्यसपछि मात्रै उनी अघि बढे ।

उनको यो कार्यले अहिले सामाजिक संजालमा चर्चा पाएको छ । धेरैले मन्त्री विष्टको उक्त कार्यलाई प्रशंसायोग्य भनेका छन् । साथै अन्य मन्त्रीहरुले पनि उनीबाट सिक्नुपर्ने कुरा व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार