राजनीति
कालिकोट – स्थानीय सरकारका जनप्रतिनिधिसँग क्रान्तिकारी कर उठाउने नेकपाका प्रवक्ता खड्कबहादुर विश्कर्मा प्रकाण्डले उद्घोष गरेका छन् ।
भ्रष्टाचारीमा परिणत भएका जनप्रतिनिधिसँग जनसरकार बनाएर क्रान्तिकारी कर असुल गर्ने बुधबार कालिकोटमा भएको आमसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डलेदाबी गरेका हुन् ।
स्थानीय तहले जनतासँग चर्को कर उठाएको आरोप लगाउँदै प्रकाण्डले भने,स्थानीय सरकार बनेपछि समृद्धि आउछ भनेर आश गरेका थिए, तर जनतालाई कर थुपारेर भ्रष्टाचार गर्ने बाटो मात्रै भयो ।
कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका दोषी पत्ता लगाउन सकेन् । अब, आफै थाहा पाउनु अपराधी को होलान् ? प्रकाण्डले भने ।
उनले नेपालमा कम्युनिष्ट नामधारी सरकारले राम्रो काम गर्न नसकेको बताउँदै सरकार विकासको कामभन्दा धर्म प्रचारमा लागेको प्रकाण्डले आरोप लगाए