राजनीति
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
उता गुण्डुस्थित ओली निवासमा पनि प्रहरी परिचालन गरिएको छ ।