logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पक्राउ परेका ओली अस्पताल भर्ना


  • राजनीति
  • शनिबार, चैत्र १४ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई प्रहरी परिसर पद्रकालीबाट स्वास्थ परीक्षणका लागि अस्पताल लगिएको थियो । ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको एनेक्स वान भवनको बेडमा भर्ना गरिएको छ ।

बालेन नेतृवको पहिलो मन्त्रीपरिषद् बैठकले जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै गृहमन्त्री सुदन गुरुङको निर्देशनमा प्रहरीले आज बिहान ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार