राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको छ ।
भर्खरै सम्पन्न संसदीय दलको बैठकले उपसभापति अर्याललाई सभामुख बनाउन सभापति रवि लामिछानेले अघि सारेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपा प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ सिट प्रतिनिधि सभामा पहिलो दल बनेको छ ।