logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थीको भर्ना सूचना निकाल्न सर्वाेच्चको अन्तिरिम आदेश


  • राजनीति
  • शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । सर्वाेच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थीको भना सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले शुक्रबार बैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्नाका लागि सूचना र कार्यक्रम प्रकाशन गर्न र राउन अन्तरिम आदेश जारी गरेको हो । कानूनका विद्यार्थी आयुष बडालले वार्षिक परीक्षा नसकिँदै विद्यालयहरुले भर्नाका लागि कार्यक्रम राखेको र सूचना समेश प्रकाशन गरिसकेको भन्दै उक्त कार्य रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

विभिन्न विद्यालयहरुले प्रकाशन गरेका विद्यार्थी भर्ना सम्बन्धी सूचनाहरु शिक्षा नियमावली अनुकूल रहेको देखिएकाले प्रमाणपत्र प्राप्त भएपछि तथा शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशित गर्नु, गराउनु भनी सर्वाेच्च अदालतले आदेश दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार